अन्तर्राष्ट्रिय धादिङ समाजको वक्तृत्वकलाको मिति असोज २४ मा सारियो

Avatar photo
Dhadingpost
भदौ ३१, २०८२

धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आयोजना गर्ने जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताको मिति परिवर्तन भएको छ । यसअघि असोज १० गते तय गरिएको प्रतियोगिता जेन–जी आन्दोलन र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज २४ गते हुने भएको समाजका अध्यक्ष राजन खकुरालले मिति परिमार्जन गरिएको जानकारी दिए ।

समाजका प्रवक्ता सुदीप भूषण अर्यालका अनुसार प्रतियोगितामा जिल्लाका १३ स्थानीय तहबाट २६ जना विद्यार्थी (छात्र–छात्रा) सहभागी हुने व्यवस्था छ । हालसम्म पाँच पालिकाले मात्र आफ्ना प्रतियोगीको नाम पठाइसकेका छन् भने बाँकी पालिकालाई असोज ५ गतेभित्र अन्तिम नामावली पठाउन आग्रह गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट ठहरिने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

  • प्रथम : रु. ५०,०००
  • द्वितीय : रु. ३०,०००
  • तृतीय : रु. २०,०००
  • चौथो : रु. १०,०००
  • पाँचौँ : रु. ५,०००

हालसम्म छनोट भएर नाम पठाइएका प्रतियोगीहरू:

गल्छी गाउँपालिका

  • सूचना अधिकारी
  • संगीता श्रेष्ठ
  • सक्षम नेपाल

त्रिपुरासुन्दरी गाउँपालिका

  • विवेक बन्जरा
  • सन्ध्या बिक

थाँक्रे गाउँपालिका

  • सम्बृदी रुपाखेती
  • सम्भव रुपाखेती
  • श्रीकृष्ण सुवेदी

धुनेबेशी नगरपालिका

  • काजल बास्कोटा
  • रन्जिता तामाङ
  • श्रीब्मा खकुरेल

नीलकण्ठ नगरपालिका

  • इशा थापा
  • सञ्जिवनी पौडेल
  • नम्रता शाक्य
  • अविना कार्की

प्रत्येक पालिकाबाट पठाउन पाउने प्रतियोगी संख्या

गल्छी – २
थाँक्रे – २
धुनेबेशी – ३
गजुरी – ३
सिद्धलेक – २
त्रिपुरासुन्दरी – ३
ज्वालामुखी – २
नीलकण्ठ – ४
रुबीभ्याली – १
खनियाबास – १
गंगाजमुना – १
नेत्रावती डबजोङ – १
बेनीघाट रोराङ – १

x