असोज १ गते देशभर शोक दिवस, सार्वजनिक बिदा

Avatar photo
Dhadingpost
भदौ ३१, २०८२

काठमाडौं । सरकारले आउँदो असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा शोक दिवस मनाउने र सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र परिवारलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, घाइतेहरूको निःशुल्क उपचार गर्ने, शव व्यवस्थापनका लागि निःशुल्क गाडी र दुर्गम क्षेत्रमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णय समेत गरिएको छ ।