
धादिङ । जेनेरेसन–जेड (जेन्नी) युवाहरूको आन्दोलनपछि सिर्जित अस्तव्यस्ततालाई रोक्न लागू गरिएको निषेधाज्ञा र कर्फ्यूका कारण बन्द भएको सार्वजनिक यातायात सेवा धादिङमा आजदेखि सुचारु भएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले मिति २०८२ भदौ २५ गतेदेखि लागू गरेको आदेशपछि यातायात सेवा अवरुद्ध बनेको थियो । लामो समयपछि आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको ग्रामिण यातायात धादिङ प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले धादिङपोष्टलाई जानकारी दिए ।
उनका अनुसार यसअघि सञ्चालन हुँदै आएका सबै रुटमा आजदेखि यातायात सुचारु हुनेछ । तर लगातारको वर्षाका कारण सडक अवरुद्ध रहेका केही ग्रामिण रुटमा सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने उनले बताए ।
सार्वजनिक यातायात सुचारु भएपछि जिल्लावासीलाई दैनिक आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
