फागुन २१ गते चुनावको घोषणा, प्रतिनिधिसभा विघटन

Avatar photo
Dhadingpost
भदौ २८, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गएराति प्रतिनिधिसभा विघटन गर्नुभएको छ। अन्तरिम सरकारको नेतृत्व सम्हालेकी कार्कीले आफ्नो पहिलो निर्णयस्वरूप प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्।

राष्ट्रपतिले सो सिफारिस सदर गर्दै आउँदो फागुन २१ गते बिहीबार निर्वाचन मिति तोक्नुभएको छ। प्रतिनिधिसभा विघटनको निर्णय गएराति ११ बजेदेखि लागू भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि उत्पन्न राजनीतिक घटनाक्रमका बीच कार्की देशकै पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। संविधानको धारा ६१ को उपधारा ३ र ४ मा निहित अधिकार प्रयोग गरी राष्ट्रपति पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

विशेषज्ञहरूले यसलाई नेपालको राजनीतिक इतिहासमा महिलाको नेतृत्वको नयाँ अध्यायका रूपमा लिएका छन्।