चन्द्रोदय क्याम्पसमा ब्याडमिन्टन र टेबलटेनिस प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
भदौ २०, २०८२

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–५, विशालटारस्थित चन्द्रोदय बहुमुखी क्याम्पसमा आयोजित छात्रा ब्याडमिन्टन र छात्र टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ।

स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको सो प्रतियोगितामा विभिन्न विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विजयीहरूको विवरण

ब्याडमिन्टन (छात्रा तर्फ)

  • प्रथम : अस्मिता सिलवाल
  • द्वितीय : दिक्षा खनाल
  • तृतीय : रन्जिता नेपाली र सलिना ठकुरी

टेबलटेनिस (छात्र तर्फ)

  • प्रथम : सुदिप थापा
  • द्वितीय : आदेश भट्टराई
  • तृतीय : सुमन थापा र सुप्रिम थपलिया

प्रतियोगिताले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने मात्र नभई स्वास्थ्यसँगै मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न सहयोग पुर्‍याउने स्ववियु सभापति अभिशेषक पाण्डेले बताए ।

x