
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गजुरीको पार्टी कार्यालय शनिबार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यालयको उद्घाटनका लागि पार्टीका केन्द्रीय कार्यबहाक सभापति डाेलप्रसाद अर्याल विशेषअतिथिको रूपमा गजुरी पुगेका थिए ।
पार्टी कार्यालय उद्घाटनपछि गजुरी–१ को नयाँ कार्यसमिति गठन भएको रास्वपा नेता मिलन डल्लाकोटीले जानकारी दिए । नवगठित कार्यसमितिको सभापतिमा श्रीकृष्ण पाठक निर्वाचित भएका छन् । त्यस्तै उपसभापतिमा सृजना बस्नेत, सचिवमा इशान अर्याल र सदस्यमा रामकुमार नेपाली, ईश्वरी पण्डित, राजेन्द्र प्रजा, सूर्यबहादुर तामाङ, भीमबहादुर बास्कोटा तथा चतुरे थिङ चयन भएका छन् ।
उद्घाटन समारोहमा रास्वपाका केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, केन्द्रीय विभागका साजन शर्मा र रामकुमार थपलिया, प्रदेश सदस्यद्वय राजन अर्याल र ध्रुवकुमार रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
