
धादिङ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल धादिङको बैठकले जिल्लाभित्रका पाँच पालिकामा हुने अधिवेशनको मिति तय गरेको छ ।
जिल्ला संयोजक किरण पाठकको अध्यक्षतामा सम्पन्न बैठकले धुनीबेसी नगरपालिकाको अधिवेशन भदौ २८ गते, ज्वालामुखी गाउँपालिकाको भदौ २४ गते, नेत्रावती डबजोङ गाउँपालिकाको भदौ ३० गते, बेनीघाट रोराङ गाउँपालिकाको भदौ २७ गते र नीलकण्ठ नगरपालिकाको असोज ६ गते गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले असोज ११ गते धादिङबेसीमा दशैं–तिहार विशेष शुभकामना आदानप्रदान तथा बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय समेत गरेको जिल्ला नेतृत्वले जनाएको छ ।
बैठकमा नेकपा (एमाले) धादिङका उपाध्यक्ष अर्जुन गोर्खाली प्रमुख आतिथ्यतामा उपस्थित थिए भने जिल्ला सचिव राधिका सापकोटा र संगठनका केन्द्रीय सदस्य सुनिल तामाङ विशेष अतिथिका रुपमा सहभागी रहेका थिए ।

