
धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङ जिल्लाको संघीय निर्वाचन क्षेत्र नं. १ स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण शुक्रबार गजुरीमा सम्पन्न भएको छ।
प्रशिक्षणका प्रमुख प्रशिक्षक तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्रीले पालिका स्तरीय नेताहरुलाई विचारमा मात्र प्रतिवद्ध भएर नपुग्ने भन्दै त्यसलाई व्यवहारमै उतार्नुपर्नेमा जोड दिए । उनले पार्टीको नीति, विचार र दर्शन अहिले जनताले इन्टरनेटमार्फत खोज्ने भएकाले नेताहरूको व्यवहार पार्टीको विचारसँग मेल खानु जरुरी रहेको उल्लेख गरे ।
वागमती प्रदेश सदस्य चन्द्रबहादुर सिलवाल (मिलन)को अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षणमा क्षेत्रभित्रका पालिका कमिटी तथा ५३ वटै वडाका पार्टी अध्यक्ष र सचिवहरूको सक्रिय सहभागिता रहेको दिपक लामिछोने ‘सुबोध’ले जानकारी दिए ।
