
८५ विद्यार्थी सहभागी, २० उत्कृष्ट अन्तिम चरणतर्फ
धादिङ । “बुक फ्री फ्राइडे” कार्यक्रमअन्तर्गत एड्भान्स एकेडेमीले आयोजना गरेको एड्भान्स पोएट आइडल–२०८२ को छनोट चरण उत्साहपूर्ण माहोलमा सम्पन्न भएको छ ।
कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले कवितामार्फत आफ्नो सिर्जनशीलता प्रस्तुत गर्दा विद्यालय कवितामय बनेको थियो । ८५ भन्दा बढी विद्यार्थीहरूको जोशिलो सहभागिताले वातावरण झनै रौनकिलो भएको थियो ।
छनोट चरणबाट कक्षा १–३, ४–५, ६–७ र ८–१० गरी चार समूह बनाएर प्रत्येक समूहबाट पाँच–पाँच जना उत्कृष्ट प्रतिभालाई अन्तिम चरणका लागि छानेको छ। अन्तिम चरण आगामी भदौ २० गते हुने कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास झन् बढाउने विश्वास गरिएको छ ।
निर्णायकका भूमिकामा नेपाली विभाग प्रमुख माथुरा राना र नेपाली भाषा शिक्षिका अन्डिला श्रेष्ठ रहेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठको अध्यक्षता रहेको थियो ।
प्रिन्सिपल श्रेष्ठले “यस्ता कार्यक्रमहरूले विद्यार्थीमा लुकेका सिर्जनात्मक क्षमतालाई उजागर गर्न, आत्मविश्वास बढाउन र साहित्यिक यात्रामा नयाँ बाटो देखाउन मद्दत गर्छन्,” भन्दै सबै सहभागीलाई शुभकामना दिनुभयो।
अन्तिम चरणका लागि छनोट भएका विद्यार्थी :
कक्षा १–३ : गोकुल तामाङ, शितल मगर, ईभा अधिकारी, आज्ञाश्री श्रेष्ठ, अनिश रोकाया
कक्षा ४–५ : मनसुन तामाङ, दिलनारायण श्रेष्ठ, स्मारिका श्रेष्ठ, सुहना कंडेल, गुराँस श्रेष्ठ
कक्षा ६–७ : सुनिता शाक्य, समिर मगर, प्रश्न थापा मगर, राशि मल्ल, सारथी शाक्य
कक्षा ८–१० : काव्य अर्याल, खुसी राना मगर, शान्ति तामाङ, गीता मगर, रिसिका सिलवाल
