नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ धादिङको सचिवमा रामकुमार बानियाँ

Avatar photo
Dhadingpost
भदौ १३, २०८२

धादिङ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ धादिङको सचिवमा ग्रामीण यातायात धादिङ प्रालिका सञ्चालक रामकुमार बानियाँ चयन भएका छन् । बानियाँ सामाजिक अभियन्ताका रूपमा समेत परिचित छन् ।

सोमबार सम्पन्न महासंघको तेस्रो अधिवेशनले तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । सो कार्यसमितिमा ग्रामीण यातायात धादिङ प्रालिबाटै अर्का सञ्चालक ठाकुर बुर्लाकोटी सदस्यमा चयन भएका छन् ।

नवगठित कार्यसमिति :

  • अध्यक्ष : तुलसी प्रसाद अधिकारी
  • सचिव : रामकुमार बानियाँ
  • कोषाध्यक्ष : रामकुमार श्रेष्ठ
  • सदस्यहरू : कृष्ण गुरुङ, लालबहादुर श्रेष्ठ, नारायण दत्त काराखेति, साजन श्रेष्ठ, ठाकुर बुर्लाकोटी, केशव श्रेष्ठ, पूर्ण बहादुर श्रेष्ठ