
धादिङ । नेपाल फुलकन्ट्याक कराँते महासंघको धादिङ जिल्ला समिति गठन गरिएको छ । शनिबार धादिङमा सम्पन्न कार्यक्रममा समिति सर्वसम्मत चयन गरिएको हो ।
समितिको गठन कार्यक्रम संयोजक एवम् बागमती प्रदेशका धनबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, विशेष अतिथि महासंघका केन्द्रीय प्रतिनिधि राजिव खड्का, अतिथि जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रमेशमान तुलाधर लगायतको उपस्थिति थियो।
१३ सदस्यीय जिल्ला समिति यसरी चयन भएको छः
अध्यक्ष : सुमन अधिकारी
वरिष्ठ उपाध्यक्ष : नीरकमल थापा
उपाध्यक्ष : शिशिर तामाङ
सचिव : पवन मगर
सह–सचिव : सुप्रिया तामाङ
कोषाध्यक्ष : हरिकुमार श्रेष्ठ
सदस्य : रामशरण बिक, अभिषेक तामाङ, प्रणब धमला, अभियान त्रीपाठी, ध्रुव सापकोटा, शिशिर गुरुङ र भिमबहादुर गुरुङ
कार्यक्रममा बोल्ने वक्ताहरूले फुलकन्ट्याक कराते खेलको विकास र विस्तारका लागि नयाँ समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले जिल्लास्तरमा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पनि खेलाडी उत्पादन र प्रवर्द्धन गर्न समिति सक्रिय रहनुपर्नेमा जोड दिएका थिए।

