
धादिङ । नेपाल पर्वतारोहण संघ (एनएमए) को शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनमा धादिङका माधवकुमार धमला सदस्य पदमा निर्वाचित भएका छन् । उनी फुर गेल्जे शेर्पाको समूहबाट प्रतिस्पर्धा गर्दै २७८ मतसहित विजयी भएका हुन् ।
एनएमएको निर्वाचनमा एमाले, कांग्रेस र समाजवादीको संयुक्त गठबन्धनका उम्मेदवार धादिङका कुलबहादुर गुरुङ नेतृत्वको समूह र माओवादी–रास्वपाले समर्थन गरेको फुर गेल्जे शेर्पा समूहबीच प्रतिस्पर्धा भएको थियो । परिणामस्वरूप कुलबहादुर गुरुङ समूहले प्रथम उपाध्यक्ष, आधा कार्यकालका लागि कोषाध्यक्ष र एक सदस्य पदमा मात्र जित हासिल गर्न सके भने बाँकी सबै पदमा फुर गेल्जे शेर्पा समूह विजयी भयो ।
धमला माओवादी केन्द्र उपत्यका विशेष प्रदेश पर्यटन शाखाका सचिव समेत हुन् । उनी नीलकण्ठ नगरपालिका–११, ज्यामरुङका बासिन्दा हुन् ।
नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचन परिणाम
अध्यक्ष
- फुर गेल्जे शेर्पा – ३४२ (विजयी)
- कुलबहादुर गुरुङ – २८८
वरिष्ठ उपाध्यक्ष
- इश्वरी पौडेल – ३४५ (विजयी)
- टिका गुरुङ – २५८
प्रथम उपाध्यक्ष
- मिङ्मा ग्याबो शेर्पा – ३५९ (विजयी)
- काजी शेर्पा – २५६
द्धितीय उपाध्यक्ष
- बोध राज भण्डारी – ३६८ (विजयी)
- धन बहादुर गुरुङ – २३८
महासचिव
- राजेन्द्र बहादुर लामा – ३१८ (विजयी)
- विमल नहर्की – २०९
- शिव सापकोटा – ६८
सचिव
- चन्दन थापा – ३५८ (विजयी)
- ङिमा दिकी शेर्पा – २४४
कोषाध्यक्ष
- ङिमा नुर्बु शेर्पा – ३०४
- सुमी लामा – ३०४
(बराबरी भएपछि आधा–आधा कार्यकालका लागि सहमतिअनुसार जिम्मेवारी बाँडिने)
विजयी सदस्यहरु सदस्य
- माधवकुमार धमला – २७८
- केदार न्यौपाने – ३०२
- थुप्देन शेर्पा – ३২৬
- गोकुल थापा – २८८
- मुलाल गुरुङ – ३५१
- देण्डी शेर्पा – ३११
- विक्रम कार्की – ३०६
- रिञ्जे शेर्पा – ३०१
- देवेन्द्र डंगोल – २९५
- दिकी शेर्पा – २८८
- निशा भोटे – ३०७

