रविन विडारी एनआरएनए न्यूयोर्क च्याप्टरको कोषाध्यक्षमा निर्वाचित

Avatar photo
Dhadingpost
भदौ ४, २०८२

धादिङ । धादिङको थाक्रे गाउँपालिका घर भई सन् २०१४ देखि अमेरिकामा बस्दै आएका रविन विडारी गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको न्यूयोर्क च्याप्टरको कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

अगस्ट १७ र १८ मा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनमा २०२५–२०२७ कार्यकालका लागि उनले न्यूयोर्क च्याप्टरको कोषाध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

निर्वाचनमा उनले ४९६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिपेश लामाले २५८ मत प्राप्त गरेका थिए ।  विडारी धादिङ नेपाली समाज अमेरिकाको बोर्ड मेम्बर पनि हुन् ।