
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले हिन्दू नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा माध्यमिक तह (कक्षा ९ र १०) स्तरीय तीज विशेष लोकगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ।
भदौ ६ गते हुने उक्त प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूले आफ्नो आधिकारिक पत्रसहित समूह दर्ता भदौ ५ गतेसम्म गराइसक्नुपर्ने गाउँपालिकाले जनाएको छ।
प्रतियोगिताका विजयी टोलीलाई प्रदान गरिने पुरस्कार यसप्रकार रहेका छन् :
- प्रथम पुरस्कार : नगद रु. १५,००० र प्रमाणपत्र
- द्वितीय पुरस्कार : नगद रु. १०,००० र प्रमाणपत्र
- तृतीय पुरस्कार : नगद रु. ७,५०० र प्रमाणपत्र
- सान्त्वना पुरस्कार : नगद रु. ५,००० र प्रमाणपत्र
बेनीघाट रोराङ गाउँपालिकाको प्राङ्गणमा हुने उक्त प्रतियोगितामा सहभागी टिमहरूले प्रस्तुत गर्ने गीत १० मिनेटभन्दा बढीको हुन नपाइने, गीतहरू तीज लक्षित मौलिक लोकगीत हुनुपर्ने, एक विद्यालयबाट बढीमा ८ जना विद्यार्थी मात्र सहभागी हुन पाईने, प्रस्तुतिका लागि प्रयोग गरिने वाद्यवादनका साधनहरू विद्यार्थीहरूले आफैं बजाउनुपर्नेछ, शिक्षक वा अन्य व्यक्तिले बजाउन नपाइने पालिकाले जनाएको छ ।


