झार्लाङका सेल्बा लामा एनआरएनए केन्टकी च्याप्टरको अध्यक्ष निर्वाचित

Avatar photo
Dhadingpost
भदौ ४, २०८२

धादिङ । धादिङ जिल्ला खनियाबास गाउँपालिका–१ (साविक झार्लाङ) जन्मथलो भई हाल अमेरिका निवासी सेल्बा लामा एनआरएनए केन्टकी च्याप्टरको अध्यक्षमा निर्वाचित भएका छन् ।

अगष्ट १७ र १८ मा सम्पन्न निर्वाचनमा २०२५–२०२७ कार्यकालका लागि अध्यक्षमा विजयी बनेका लामाले गैरआवासीय नेपालीहरूको अधिकार, हित र गौरवका लागि सधैं प्रतिबद्ध रहने जनाएका छन् ।

निर्वाचनमा उनले २६९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एकनारायण सुवेदीले १६० मत प्राप्त गरेका थिए ।