सरकारले धादिङका दुईसहित ६ स्थानीय तहलाई सम्मान गर्ने

Avatar photo
Dhadingpost
भदौ ३, २०८२

धादिङ । सरकारले धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ सहित ६ स्थानीय तहलाई सम्मान गर्ने भएको छ।

आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तहलाई सम्मान गर्न लागिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

सम्मानित हुने ३ नगरपालिकामध्ये धादिङको नीलकण्ठ, चितवनको खैरहनी र रुपन्देहीको तिलोत्तमा रहेका छन्। गाउँपालिका तर्फ धादिङको बेनीघाट रोराङ, स्याङ्जाको अर्जुनचौपारी र गुल्मीको रुरुक्षेत्र रहेका छन्।

भदौ ६ गते एक विशेष कार्यक्रमका बीच यी पालिकाहरुलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ।