धादिङका पाँच जना एनआरएनए अमेरिकाको एनसिसी र च्याप्टरमा निर्वाचित

Avatar photo
Dhadingpost
भदौ ३, २०८२

धादिङ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) अमेरिकाको आगामी दुई वर्षे कार्यकाल (सन् २०२५–२०२७) का लागि सम्पन्न निर्वाचनपछि एनसिसी र च्याप्टरमा गरी धादिङका पाँच जना निर्वाचित हुन सफल भएका छन् ।

एनसिसी तर्फ सर्वाधिक मत प्राप्त गर्दै धादिङका सन्तोष लम्साल निर्वाचित भएका छन् भने च्याप्टरतर्फ धादिङकै सेल्बा लामा केन्टकी च्याप्टरको अध्यक्षमा, तिलक राना क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा, रबिन बिडारी न्यूयोर्क च्याप्टरको कोषाध्यक्षमा र बिक्रम अधिकारी सोही च्याप्टरको बोर्ड अफ डाइरेक्टर्समा निर्वाचित भएका हुन् ।

धादिङ घर भई अमेरिकालाई कर्मभूमि बनाएर सामाजिक कार्यमा सक्रिय रही एनआरएनए अमेरिकामा विजयी भएका यी पाँचै जनालाई धादिङ नेपाली समाज अमेरिका हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।