एनआरएनए अमेरिकामा धादिङका सन्तोषको उम्मेदवारी

Avatar photo
Dhadingpost
भदौ १, २०८२

धादिङ । गैरआवासीय नेपाली संघ अमेरिकाको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को २०२५–२०२७ कार्यकालका लागि आगामी अगस्ट १६ र १७, २०२५ मा हुने निर्वाचनमा धादिङका सन्तोष लम्सालले उम्मेदवारी दिएका छन् ।

बोर्ड अफ डाइरेक्टर्स पदमा उम्मेदवारी दिएका सन्तोष विगत पाँच वर्षदेखि टेक्सासलाई आफ्नो कर्मथलो बनाएर अमेरिका बस्दै आएका छन् ।

सामाजिक कार्यमा क्रियाशील उनीले संस्थागत सुधार, युवाको सहभागिता तथा नेपाली समुदायको हकहितका सवालमा सशक्त भूमिका निर्वाह गर्ने लक्ष्य राखी उम्मेदवारी दिएको धादिङपोष्टलाई बताए ।

धादिङको नीलकण्ठ नगरपालिका–९ निवासी सन्तोष, बागमती प्रदेश सांसद गोविन्द लम्सालका पुत्र हुन् ।