त्रिपुरासुन्दरीमा “तिज गीत” प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
साउन ३१, २०८२

धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले नेपाली महिलाहरूको धार्मिक तथा साँस्कृतिक पर्व हरितालिका तिजको अवसरमा तिज गीत प्रतियोगिता आयोजना गर्न लागेको छ।

भदौ ६ गते हुने उक्त प्रतियोगितामा भाग लिन इच्छुक महिलाहरूले समूह बनाएर भदौ ४ गतेसम्म टिम दर्ता गरिसक्नु पर्ने पालिकाले जनाएको छ।

प्रतियोगिताका विजेताहरूमा प्रथमले २५ हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार प्राप्त गर्नेछन् भने विजेता बाहेकका अन्य सहभागी समूहलाई प्रोत्साहन स्वरूप प्रति समूह ३ हजार प्रदान गरिने बताइएको छ।

x