
धादिङ । विश्वभर छरिएका धादिङवासीहरूको छाता संगठन अन्तर्राष्ट्रिय धादिङ समाजको शाखा, धादिङ समाज पोर्चुगलले पहिलो अधिवेशनका लागि सदस्यता फारम खुला गरेको छ ।
“अधिवेशनको मिति केही दिनमै सार्वजनिक हुने धादिङ समाज पोर्चुगलका कुमार घलानको भनाइ उद्धृत गर्दै, एनआरएनए पोर्चुगलका महासचिवसमेत रहेका धादिङका गोविन्द बुढाथोकीले धादिङपोस्टलाई बताए।”
सदस्यता प्राप्त गरेका व्यक्तिहरूमात्र अधिवेशनमा मतदान, उम्मेदवारी दर्ता तथा अन्य संस्थागत अधिकार र जिम्मेवारीमा सहभागी हुने अवसर पाउने भएकाले, पोर्चुगलमा रहेका धादिङवासीहरूलाई सदस्यता फारम भर्न अनुरोध गरिएको उनले बताए।
