धादिङ सेवा समाज कतारबाट बिमला श्रेष्ठलाई उपचारमा सहयोग

Avatar photo
Dhadingpost
साउन २९, २०८२

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–५, चेकाङ निवासी ४६ वर्षीया बिमला श्रेष्ठलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ । बिमला गाउँमै घाँस झार्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएकी थिइन् ।

विमलाको उपचारका लागि आज धादिङ सेवा समाज कतारका निवर्तमान सह–संयोजक रोम राना मगर र सल्लाहकार आरके ढकालले बिरामीलाई भेटेर समाजले संकलन गरेको ४५ हजार रुपैयाँ विमलालाई हस्तान्तरण गरेका हुन् ।

धादिङ सेवा समाज कतारका सचिव अम्बर बहादुर गुरुङका अनुसार आर्थिक अभावका कारण विमलाको उपचारमा समस्या आएको जानकारी प्राप्त भएपछि कोषाध्यक्ष राज श्रेष्ठको संयोजकतामा आर्थिक संकलन गरिएको र उक्त सहयोग विमलालाई प्रदान गरिएको हो ।