राष्ट्रिय युवा संघको खुला ब्याडमिन्टन: धादिङका राम-लक्ष्मणको जोडीले जित्यो

Avatar photo
Dhadingpost
साउन २८, २०८२

धादिङ । राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको खुला ब्याडमिन्टन प्रतियोगितामा धादिङले जितेको छ ।

प्रतियोगितामा राष्ट्रिय युवा संघ नेपाल धादिङको प्रतिनिधित्व गर्दै खेलाडी राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडी प्रथम भएको हो ।

राष्ट्रिय युवा संघ नेपाल धादिङका संयोजक किरण पाठकका अनुसार उक्त प्रतियोगितामा कमल लामा र गोविन्द थापाको जोडी द्वितीय, रोशन सुवाल र संयोग बस्नेत तथा विश्वराज आले र राकेश डंगोलको जोडी तृतीय हुन सफल भएका थिए ।

प्रतियोगिता भैंसेपाटी, ललितपुरमा भएको थियो ।