धादिङबेसीमा युवा संवाद गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाईयो

Avatar photo
Dhadingpost
साउन २७, २०८२

धादिङ । नीलकण्ठ नगरपालिकाको आयोजनामा आज धादिङबेसीस्थित सिटीहलमा ‘नगर युवा संवाद कार्यक्रम’ गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ ।

नीलकण्ठ नगरपालिका रोजगार सेवा केन्द्र शाखा प्रमुख अर्जुन कुमार श्रेष्ठका अनुसार ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता-समृद्धिको आधार’ भन्ने मूल नाराका साथ भएको उक्त कार्यक्रममा सीप तथा प्राविधिक शिक्षाको महत्त्व र युवाको भविष्य, साइबर क्राइम र लागू औषध नियन्त्रण सम्बन्धी, Digital Literacy, AI Based Tools को प्रयोग सम्बन्धी प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा मेयर उद्यमशीलता र युवासँग, उप-प्रमुख कार्यक्रमको बारेमा समीक्षा समेत भएको श्रेष्ठले जानकारी दिए ।

नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उप–प्रमुख दीपक विश्वकर्माको अध्यक्षता रहेको थियो ।