
धादिङ । गैरआवासीय नेपाली संघ (NRNA) क्यालिफोर्निया च्याप्टरको उपाध्यक्षमा धादिङका तिलक राना निर्विरोध निर्वाचित भएका छन् ।
सन् २००९ देखि अमेरिका स्थित क्यालिफोर्नियामा बस्दै आएका धादिङ गंगा जम्ुना गाउँपालिका ५ स्थित फुलखर्कका रानाले निरन्तर समुदायको हितमा काम गरेको परिणाम आफुले सर्वसम्मत नेतृत्व पाएकोमा खुसी व्यक्त गरेका छन् ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरको यो नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गत अधिवेशनमा निर्वाचन भएको थियो ।
नव गठित कार्यसमितिको अध्यक्षमा गोरखाका कुल प्रसाद ढकाल ‘केपी’ उपाध्यक्षमा समाजसेवी तिलक बहादुर राना मगर, महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ, सचिवमा कैलाश केसी, महिला सचिवमा रन्जना पाण्डे, कोषाध्यक्षमा केशर कुसरी, महिला संयोजकमा, भगवती बन, युवा संयोजकमा पवन शर्मा,र बोर्ड सदस्यहरुमा क्रमश ई कुमार श्रेष्ठ, बिनिल प्रसाद धिताल,हरिचन्द्र सापकोटा, हेमन्त आचार्य, खड्ग बहादुर बटाला र टेक खड्का रहेका छन् ।
