
पाेर्चुगल । दिपा काफ्ले नेतृत्वको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति पोर्चुगलले भेटघाट, सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।
उक्त कार्यक्रमका प्रमुख अथिति तथा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सल्लाहकार नारायण सुवेदीले संसारभरिका एनआरएनएहरू एकजुट हुनुपर्ने तर वस्तुगत रूपमा दुवैतर्फ समानान्तर समितिहरू बन्दै गएको र दुर्नियतपूर्ण तरिकाले राष्ट्रिय समितिहरु फुट्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

महेश श्रेष्ठले नेतृत्व गरेकाे गैरावासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् नै आधिकारिक भएको परराष्ट्र मन्त्रालयको पत्रले नै प्रमाणित भएको जानकारी दिँदै उनले दिपा काफ्ले नेतृत्वको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति पोर्चुगल नै आधिकारिक NRNA पाेर्चुगल भएकाे बताएका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति पूर्व सल्लाहकार स्वामी आनन्ददेव विशिष्ट अतिथि, आइसिसी सदस्य राजकुमार गुरुङकाे विशेष आतिथ्यता र गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का युरोप क्षेत्रीय उपप्रमुख माधव पोखरेलको आतिथ्यता रहेकाे थियाे ।
यस्तै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति पोर्चुगलका उपाध्यक्ष प्रेम बुढापृथी, उपाध्यक्ष नृपेश गिरी, उपाध्यक्ष एवं प्रवक्ता गणेश गुरुङ, महासचिव गोविन्द बुढाथोकी, कोषाध्यक्ष अशोक जोशी, सचिव पुष्कर राज जोशी, युवा संयोजक पेम्बा शेर्पा लगायतकाे उपस्थिति रहेकाे थियाे ।
महासचिव बुढाथोकीकाे संचालनमा भएकाे सम्मान कार्यक्रम समापन गर्दै अध्यक्ष दिपा काफ्लेले पोर्चुगलमा नेपाली समुदायलाई सहयोग र सद्भावका लागि सधैँ लागिपर्ने प्रतिबद्धता जनाएकी थिईन् ।
