न्यायाधीश नियुक्तिमा दलिय भागबण्डा, धादिङका बाँस्तोला पाटन सरुवा

Avatar photo
Dhadingpost
साउन २३, २०८२

काठमाडौं । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि उच्च अदालतको न्यायाधीशमा सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा एमालेको भागवण्डामा ६ जना सिफारिसमा परेका छन् ।

न्याय परिषद्को बैठकले बैठकले २७ जना न्यायाधीश सिफारिस गरेको मध्ये कानुन व्यवसायीको तर्फबाट दलिय भागबन्डामा ६ जनाको नाम परेको हो ।

सिफारिसमा परेका मध्ये नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बाट शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी, श्यामकुमार विश्वकर्मा र अरुणकुमार पंजियार परेका छन् । भने एमाले निकट कानुन व्यवसायीको संस्था प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट बालकृष्ण गैरे, निशा बानियाँ न्यायाधीश सिफारिसमा परेका छन् ।

न्याय परिषद्को बैठकले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उच्च अदालत पाटनमा पदस्थापन गरेको छ।