एनआरएनए न्यूजील्याण्डको सदस्यमा धादिङका सञ्जय तामाङ निर्वाचित

Avatar photo
Dhadingpost
साउन २१, २०८२

धादिङ । विगत पाँच वर्ष देखि न्यूजील्याण्ड रहेका धादिङ रुवी भ्याली गाउँपालिका निवासी सञ्जय तामाङ गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यूजील्याण्डको २०२५-२०२७ कार्यकालका लागि सदस्य पदमा निर्वाचित भएका छन् ।

निर्वाचित भए सँगै धादिङका तामाङले सबै नेपाली समुदायको साथ, सुझाव र सहकार्यको अपेक्षा राख्दै आफूले दायित्व इमान्दारीपूर्वक वहन गर्ने प्रतिबद्धता जनाएका छन् ।

केद्रमा बद्री केसी नीकट मानिएको यस एनआरएनए न्यूजील्याण्डको अच्युत अर्याल अध्यक्ष रहेको २०२५-२०२७ कार्यकालका कार्यसमितिमा उपाध्यक्षमा टेक बहादुर गुरूङ र कृष्णप्रसाद भण्डारी निर्वाचित भएका छन् । महासचिवमा नरहरि बासेल सचिवमा सुरेश बुढा थापा र मिलन जिसी छन् ।

अच्युत अर्याल अध्यक्ष रहेको २०२५र२०२७ कार्यकालका कार्यसमितिमा पाध्यक्षमा टेक बहादुर गुरूङ र कृष्णप्रसाद भण्डारी निर्वाचित भएका छन्। महासचिवमा नरहरि बासेल सचिवमा सुरेश बुढा थापा र मिलन जिसी कोषाध्यक्षमा सुलभ पौडेल र उपकोषाध्यक्षमा हरिओम सापकोटा निर्वाचित भएका छन्।