दीपा काफ्ले नेतृत्वको एनआरएनए पोर्चुगलद्वारा भलिबल खेलाडीलाई सम्मान

Avatar photo
Dhadingpost
साउन २०, २०८२

पोर्चुगल । युरोपस्तरीय भलिबल प्रतियोगिता जितेर पोर्चुगल फर्किएका नेपाली भलिबल खेलाडीहरुलाई दीपा काफ्ले नेतृत्वको एनआरएनए पोर्चुगलले सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा एनआरएनए पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले खेलाडीहरुले पोर्चुगलका गैर आवसीयहरुको प्रतिष्ठा उचोराखेको भन्दै हार्दिक बधाई र शुभकामना व्यक्त गरेकी थिइन् साथै पोर्चुगलले निकट भविष्यमा नै भलिबल कप आयोजना गर्ने प्रतिवद्धता समेत उनले जनाएकी थिईन् ।

नेपालमा राष्ट्रिय टिममा भलिबल खेल खेलिसक्नुभएका खेलाडीहरु हाल पोर्चुगलमा कार्यरत हुनुहुन्छ। उनै खेलाडीहरु फ्रान्समा भएको युरोपस्तरीय खेल जितर फर्किए पछि सम्मान गरिएको महासचिव गोविन्द बुढाथोकीले धादिङपोष्टलाई बताए ।

पोर्चुगल भलिबलको टिम व्यवस्थापक नरेश भट्टले पोर्चुगलको हालसम्मको इतिहासमा एनआरएनए भलिबलका खेलाडीहरूलाई यसरी सम्मान र बधाई हालसम्म नगरेको र हालको कार्यसमितिले खेलजीवन र खेलाडीको महत्वलाई बुझेकोमा गर्व लागेको बताउँदै खेल र खेलाडी चिन्नु भनेको समग्र युवा चिन्नु हो युवा जसले चिन्छ उसलाई युवाहरुको साथ रहने समेत भट्टले बताएका थिए ।

खेल खेल्न आजु अघि यस एनआरएनएले खेलाडीहरुलाई खेल समाग्री सहयोग सहयोग गरेको थियो ।