
काठमाडौं । नेपाली पब्जी टिम ‘होरा ईस्पोर्ट्स’ले पब्जी मोबाइल विश्वकप (पीएमडब्लूसी) मा नवौं स्थान हासिल गर्दै एक लाख २७ हजार ५०० अमेरिकी डलर (करिब एक करोड ७८ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ ।
साउदी अरेबियामा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा होरा ईस्पोर्ट्सले विश्वका उत्कृष्ट १५ टोलीसँग प्रतिस्पर्धा गर्दै नवौं भई उक्त पुक्त पुस्कार राशी जितेको हो ।
नेपाली टिम होरा ईस्पोर्ट्स टिमबाट जिगल, नो फियर, स्काई र स्लिपीले खेलेका थिए ।
