भारतलाई हराउँदै नेपाली फाइटर रविन्द्र एमएफएन च्याम्पियन

Avatar photo
Dhadingpost
साउन १८, २०८२

काठमाडौं । मिश्रित मार्शल आट्र्स (एमएमए) का नेपाली फाइटर रविन्द्र ढाँटले भारतको ग्रेटर नोएडास्थित शहीद विजय सिंह पाठक स्पोट्र्स कम्प्लेक्समा भएको म्याट्रिक्स फाइट नाइट एमएमए १७ को मुख्य इभेन्टमा च्याम्पियन बनेका छन् ।उनले डिफेन्डिङ च्याम्पियन भारतका चोङरेङ कोरेनलाई नकआउट गर्दै

‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्रको नवौं व्यावसायिक जित हो र उनले एमएफएनको बान्टमवेट बेल्ट पनि हात पारेका छन् ।

खेलको सुरुवाती दुई राउन्डमा दुवै फाइटरबीच कडा प्रतिस्पर्धा देखिएको थियो। तर, तेस्रो राउन्ड सुरु भएको ५४ सेकेन्डमै ढाँटले शक्तिशाली प्रहार गर्दै कोरेनलाई नकआउट गर्न सफल भए।

यो इभेन्टमा रुस, ताजिकिस्तान, जर्मनी, अष्ट्रेलिया र न्युजिल्याण्डका फाइटरहरू थिए ।