
धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार SAFF U-17 Championship 2025 प्रतियोगिता २०८२ भदौ ३० गते देखि आश्विन ११ गते (सन् २०२५ सेप्टेम्बर १५ देखि २७ तारिख) सम्म श्रीलंकामा सञ्चालन हुँदैछ ।
उक्त प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाउन एन्फाले खेलाडी छनोट कार्य अगाडी बढाए सँगै धादिङ जिल्ला छनोटमा ४५ जना प्रदेश छनोटमा परेका मध्य तीन जनाले प्रदेश छनोट चरण पार गर्दै केन्द्रिय छनोट प्रतियोगितामा पुगेका छन् । अब हुने केन्द्रिय छनोट पार गरे राष्ट्रिय टिमबाट खेल्न पाईने छ ।
धादिङबाट प्रदेश हुँदै केन्द्रिय छनोटमा पुगेका तीन खेलाडीहरु
- सुजित गुरुङ, नीलकण्ठ ३
- सुजल गुरुङ, नीलकण्ठ २
- रोजित उप्रेती, गजुरी ५
राष्ट्रिय टिममा छनोट भएका खेलाडीहरुले २०८२ भदौ ३० गते देखि आश्विन ११ गते (सन् २०२५ सेप्टेम्बर १५ देखि २७ तारिख) सम्म श्रीलंकामा हुने SAFF U-17 Championship 2025 प्रतियोगिता खेल्न पाउने जिल्ला फुटबल संघ धादिङका प्रशिक्षक रवि भण्डारीले धादिङपोष्टलाई बताए ।


