
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) धादिङले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा अंग्रेजी भाषा तर्फ चिल्ड्रेनपार्क र नेपाली भाषा तर्फ एड्भान्स एकेडेमी प्रथम भएका छन् ।
अंग्रेजी भाषा तर्फ “Cultural Heritage: Our Identification and Our Pride” शिर्षक दिईएको थियो भने नेपाली भाषा तर्फ “डिजिटल युगमा युवा पुस्ताको सम्भावना र चुनौती” विषय दिईएको थियो ।
प्रतियोगिताको नतिजा
अंग्रेजी माध्यम (छात्रा):
प्रथम : चिल्ड्रेन पार्क बोर्डिङ स्कुल
द्वितीय : सक्सेस एकेडेमी
तृतीय : राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल
सान्त्वना : सरस्वती चिल्ड्रेन पार्क

अंग्रेजी माध्यम (छात्र):
प्रथम : चिल्ड्रेन पार्क बोर्डिङ स्कुल
द्वितीय : सक्सेस एकेडेमी
तृतीय : सुनगाभा एकेडेमी
सान्त्वना : एड्भान्स एकेडेमी
नेपाली माध्यम (छात्रा):
प्रथम : एड्भान्स एकेडेमी
द्वितीय : सक्सेस एकेडेमी
तृतीय : सुनगाभा एकेडेमी
सान्त्वना : चिल्ड्रेन पार्क सेकन्डरी बोर्डिङ स्कुल
नेपाली माध्यम (छात्र):
प्रथम : एड्भान्स एकेडेमी
द्वितीय : राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल
तृतीय : सरस्वती चिल्ड्रेन पार्क इङ्लिस मिडियम स्कुल
सान्त्वना : चिल्ड्रेन पार्क सेकन्डरी बोर्डिङ स्कुल
समग्र संयुक्त नतिजा (छात्र र छात्रा)
प्रथम : चिल्ड्रेन पार्क सेकन्डरी बोर्डिङ स्कुल
द्वितीय : सक्सेस एकेडेमी
तृतीय : एड्भान्स एकेडेमी
सान्त्वना : राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुल

प्रतियोगितामा निर्णायकहरूको रूपमा नेपाली माध्यमतर्फ डा. नविनबन्दु पहाडी र प्रकाश पौडेल तथा अंग्रेजी माध्यमतर्फ डा. देवी अधिकारी र मरियम खातुन रहेका थिए । प्रत्येक माध्यमका प्रथम स्थान प्राप्त विद्यालयहरू बागमती प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता–२०८२ मा धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिता ०८२ साउन ३० गते नुवाकोट जिल्लामा सम्पन्न हुने तय भएको छ ।
प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टको अध्यक्षता तथा बागमती प्रदेश उपाध्यक्ष विनोदमान श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन प्याब्सन धादिङका सचिव भीम श्रेष्ठले गरेका थिए । प्याब्सन बागमती प्रदेशका कोषाध्यक्ष रामचन्द्र अर्याल, प्याब्सन धादिङका उपाध्यक्ष टिका थपलिया लगायतको उपस्थिति रहेको थियो ।
