
धादिङ । धादिङकी सानी नानी ९ वर्षीया बाल गायिका दिलिजा रुवाली जारी बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ चौंथो सिजनको भोटिङ फाईनल राउण्ड प्रवेश गरेकी छिन् । फाईनलका लागि भोटिङ राउण्ड खुल्ला भईसकेको छ ।
हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ चौंथो सिजनमा दिलिजा भोटिङबाटै टप २४ बाट १६ हुँदै फाईनल प्रवेस गरेकी हुन् ।
ब्याटल राउण्डमा कोच सत्यराज आचार्यबाट बाहिरिदा कोच खेम सेन्चुरी आफ्नो टिममा ल्याई दिलिजालाई मौका दिएका थिए । त्यस यता दिलिजाको प्रस्तुती झन सानदार बन्दै गहिरहेको छ भने भोटिङको रफ्तारले झनै छलाङ मारि रहेको बुबा दिनेश रुवाली बताउँ छन् । यस प्रतियोगिता जित्न अझै भोट आवश्यक रहेको उनले बताए ।
दिलिजालाई भोट गर्ने तरीका
- Khalti App खोल्ने ।
- Khalti Pay मा गई “Voting” विकल्पमा जाने ।
- Coach Khem चयन गर्ने ।
- त्यसपछि नम्बर ४ (4) मा रहेको Diliza Ruwali लाई छानेर भोट गर्ने ।
Free Vote पनि गर्न सकिन्छ ।
विदेशबाट:
www.khalti.com खोल्ने ।
त्यहाँबाट Coach Khem चयन गरी
Diliza Ruwali (नम्बर ४) मा Click गरेर
भोट गर्ने ।
QR Scan गरि Vote गर्ने सक्नु हुने छ।

