
धादिङ । नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्र धादिङको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण साउन १७ र १८ गते धदिङबेसीमा हुने बताईएको छ ।
जिल्ला संयोजक मनराज भण्डारी (शैलेस) का अनुसार तालिममा प्रत्येक पालिकाबाट १०-१० जना र जनवर्गिय संगठनका जिल्ला संयोजकहरु गरी १५० जना सहभागि हुनेछन् । तालिमपछि परिक्षा हुने र उतिर्ण भएकाहरु जिल्ला स्तरीय प्रशिक्षक हुँदै प्रशिक्षणका लागि पालिका स्तरको तालिममा पठाईने छ ।
गत चैत ७ देखि ११ गते सम्म चार दिन काठमाडौंमा केन्द्रीय स्कूल विभागले आयोजना गरेको प्रशिक्षक प्रशिक्षण तालिमबाट धादिङका ११ जना प्रशिक्षक बनेर आएका छन् उनीहरुले नै तालिममा प्रशिक्षक भूमिका निर्वाह गर्ने बताईएको छ ।
तालिममा दर्शन, अर्थशास्त्र, कार्यदिशा, विश्व अर्थव्यवस्था, विज्ञान, प्रविधि, महिला, जातीयता, समावेशितासँग सम्बन्धित विषय, योजना निर्माण र बजेट विनियोजन लगायतका विषय समावेश गरिने जनाईएको छ ।
