
धादिङ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ४२२ वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गर्दै थप सेवा दिँदा धादिङका ६ वटा विद्यालयले उक्त सेवा पाएका छन् ।
नमुना विद्यालयका लागि विभिन्न मापदण्डहरु छन् ति सर्तहरु पुरा गरेर निवेदन दिने विद्यालयहरुकोको दावी उचित ठहरिय नमूना विद्यालयमा सूचिकृत हुने धादिङका शिक्षा विद एवम् ईडीसीयू धादिङस्थित जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआईसीए)को आईबीएसई परियोजनाका जिल्ला समन्वयकर्ता नवराज पाठकले धादिङपोष्टलाई बताए ।
कुन कुन हुन् धादिङका नमूना विद्यालय ?
१. नीलकण्ठ बालमन्दिर मावि, धादिङबेसी
२. रानीपौवा मावि, सल्यानटार
३. सत्यवती मावि, कुम्पुर
४. चद्रोदय मावि, विशालटार
५. बागेश्वरी मावि, गल्छी
६. मण्डली मावि, फुलखर्क
देशभरका ४२२ वटा नमूना विद्यालयका लागि राज्यको २५ अर्ब ३२ करोड रकम खर्च भइसकेको छ जनाएको छ । औसत सिकाइ उपलब्धि वृद्धि गर्ने, विद्यालय वातावरणलाई सुरक्षित एवं बालमैत्री बनाउने, विद्यार्थी केन्द्रित सिकाइ वातावरण सिर्जना गरी विद्यालयका सम्पूर्ण व्रिmयाकलापमा समुदाय र अभिभावकको संलग्नता बढाउने उद्धेश्य अनुरुप उक्त वजेट खर्च भएको जनाईएको छ ।
नमूना विद्यालयले राज्यबाट के के थप सुविधा पाउँ छन् ?
१. आर्थिक सहयोग
- विद्यालय भवन निर्माण वा मर्मतको लागि विशेष बजेट
- विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर प्रयोगशाला जस्ता पूर्वाधार विकासको लागि अनुदान
- डिजिटल सामग्री वा ICT (सूचना प्रविधि) उपकरणहरूको आपूर्ति
२. शिक्षक तथा कर्मचारी व्यवस्थापन
- आवश्यक शिक्षकमै नियुक्तिका लागि प्राथमिकता
- तालिम प्राप्त शिक्षकहरूको व्यवस्था
- व्यवस्थापक, कार्यालय सहायक जस्ता प्राविधिक तथा गैर-शिक्षक कर्मचारीको व्यवस्थापनमा सहयोग
३. शैक्षिक गुणस्तर सुधारका कार्यक्रमहरू
- शिक्षक तालीम, विद्यार्थी लक्षित कार्यशाला र सेमिनार
- नवीन शिक्षण विधि (जस्तै: IBSE, ICT प्रयोग) को प्रयोगमा प्रोत्साहन
- विद्यार्थीहरूको मूल्यांकन प्रणाली सुधार
४. शैक्षिक सामग्री र स्रोतहरू
- पाठ्यपुस्तक, सिकाइ सामग्री, खेलकुद सामग्री आदिको प्राथमिकता प्राप्त आपूर्ति
- अनलाइन सिकाइ प्लेटफर्म प्रयोगको सुविधा
५. अनुगमन तथा प्रोत्साहन
- नियमित अनुगमन तथा सहजीकरण
- राम्रो प्रदर्शन गर्ने विद्यालयलाई सम्मान तथा पुरस्कार
६. विद्यार्थी लक्षित सुविधा
- छात्रवृत्ति, पोषण कार्यक्रम (जस्तै: मध्याह्न भोजन)
- बालमैत्री शौचालय, सुरक्षित खानेपानी र स्वास्थ्य जाँचको व्यवस्था
