एन्फाले देशभरका विद्यालयमा फुटबल बितरण गर्ने

Avatar photo
Dhadingpost
साउन १५, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने जनाएको छ ।

विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उद्धश्य राखेर विद्यालयमा फुटबव वितरण गर्न लागिएको एन्फा उपाध्यक्ष दिपक खतिवडाले धादिङपोष्टलाई बताए ।

फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आज सन् २०२५ जुलाई ३१ अर्थात १५ साउनमा काठमाडौं स्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्ने उनले बताए ।