
धादिङ । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इजरायलको २०२५–२७ का लागि धादिङबाट दुई जना कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
जुलाई ३१ मा नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदैछ । उक्त कार्य समिति सदस्यमा धादिङबाट निर्वाचन पूर्व नै नीलकण्ठ ८ का राजन दुवाडी र त्रिपुरासुन्दरी ७ लपाङका नकुल लामिछाने मगर निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष र कोषाध्यक्ष बाहेकका पदहरुमा निर्विरोध भएका छन् भने जुलाई ३१ मा अध्यक्ष र कोषाध्यक्षका लागि मात्रै निर्वाचनहुने निर्वाचन समितिले जनाएको छ ।
