
ऐतिहासिक काठमाडौं सेक्टर कान्डको आन्तरिकक पार्टी दुर्घटना पश्चात माहामन्त्री मोहन बैद्य (किरण) बाट माहामन्त्रीकै प्रस्ताब आएपछि २०४६ सालको जनअन्दोलन अगावै माहामन्त्री बनेका प्रचण्डले पार्टी हाकेको ३६ वर्ष पुग्नै लागेछ ।
यो अवधीमा आफ्नो पार्टी र देशको राजनीतिमा के के घटना घटे के-के परिवर्तन भए यस्को फेरिस्ता आम नेपाली जनतालार्इ थाहा छ । विस्व कम्युनिष्ट आन्दोलन सिथिल भएको बेलामा अझ भनौ दुजियाँका धेरै मुलुकहरुमा कम्युनिष्ट आन्दोलन पार्टी र शासन सत्ता पतन हुँदै गर्दा संसार भरको राजनितीक दृष्टी नेपालामा केन्द्रीत गरेर २०५२ फागु २ गतेबाट सुरु करिव ११ वर्ष चलेको जनयुद्धबाट भएको स्थापित मुल्य र मान्यता जसरी प्रचण्ड र प्रचण्ड नेतृत्व पाटीले गरे यस्को लागी आम उत्पिडन वर्गले सदैब सम्मान गरी रहने छ सम्मान गरी रहने छौ ।
क्रान्ति निरँतर संघर्षको निरन्तरता हो प्रचण्ड त्यसैको उपज हो क्रान्तिको नयाँ रुपमा निरन्तरता दिरहेका छन्। अझ स्पष्ट सँग भनौ क्रान्तिको नयाँ मोडलको रोल मोडलको भूमीका निर्वाह गर्दैछन् । यो क्रम अझै लम्बिने देखिन्छ । उन्कै (प्रचण्ड) का भाषामा सपटी लिने हो भने ुनिरन्तरतामा क्रम भङताु आउने छाट काट देखिन्न । अहिले नेपाली राजनीति फरक दुइ पर्टीको चार जाना नेताहरु अरु कुनै ठुला कामले हैन नेतृत्व कस्ले हत्याउने भन्ने बिषयमा केन्द्रीकृत भएको छ ।
एमाले पुर्व उपाध्यक्ष तथा पूर्व राष्ट्रपती बिद्यादेबी भण्डारीको एमलेमा पुनारगमनको चाहान र माओबादी पार्टीमा उप-माहासचिव जनार्दन शर्माको कुनै न कुनै बाटोबाट पार्टी नेतृत्व हत्याउने चाहानाले ठुलै बजारीकरण भयको छ यसैको सेरोफेरोमा आज केही लेखौ भन्ने हो ।
सम्भवत नेपालको संम्बिधानमा र कुनै पनि दलको बिधानमा राष्ट्रपती वा उपराष्ट्रपती भै सकेको मान्छे पुनः राजनितीमा फर्कन मिल्दैन भनेको भए संम्भवत ति पदमा जाने बेला सयौ चोटी सोचेर जाने थियो होला संम्बिधन वा दलिय राजनितिमा त्यो रोकावट नभए पछि पुनः पार्टीमा फर्केर राजनीतिगर्न चाहानु स्वभाबिक हो । नेपाली कम्युनिष्ट आन्दोलनको एक आदर्श पात्र एमाले पार्टीको पुर्व महासचिव स्वर्गीय मदन भण्डारीको अर्धाङ्गीनी सम्मानिय पूर्व राष्ट्रपती बिद्यादेबी भण्डारीले राज्यबाट प्रप्त सेवा सुविधा सबै त्यागेर (सुरक्ष गार्ड बाहेक) एमाले पार्टीमा पुनर आगमनको प्रयासलार्इ पार्टीको अध्यक्ष खडक ओलीको एउटा टुकडीले छेकीदिएको छ ।
भर्खरै मदन भण्डारी फाउण्डेसनद्वरा आयोजित हिरक जयन्तीको अवसरम ओलीले स्वर्गिय मदन भण्डारी प्रति सहकारी र बहुपत्नी वाल फण्डा निकालेर गरेको भाषणबाटै थाहा थियो बिद्याभण्डारीलाई अबको राजनीतिक यात्रा कुनै पनि दृष्टीले सहज हुने छैन भनेर । जुन सुकै तर्क गरेर आम नागरीकलाई भ्रम छरे पनि हामी जत्तिकोले बुझन पर्ने कुरा के हो भने एमाले भित्रको ओली सर्बसत्ताबाद हाबी भएको हो र आफु अध्यक्ष नहुँदा आफ्नो खेमा इतर व्यक्तिहरु आउने भएकै कारण बिधान शंसोधन्, उमेरहद टपिकलाई दायाँ बायाँ पारिदीएकै हो । सके सम्म बरिष्ट उपाध्य इश्वर पोखरेललाई आउन नदिने र तिन्को बिकल्पको रुपमा उभिएको भण्डारीलाइ पार्टी सदस्यनै खारेज गर्ने र इतर खेमालाई कार्वाहीको भागीदार बनाउने उनको डफ्फामा जसरी छलफल भए त्यो केवल नाटक थियो ।
ओलीको सर्वसत्ताबादको बिरुद्ध खुलेरै बोल्ने एउटा समुह समाजवादी भए र एउटा टिम पुरै चाकडीमा व्यस्त छन । जस्तै योगेश भट्टराईको हिजोको र आजको तर्कहरु हेर्न सुन्न सक्छौ । एमले भित्र औलामा गन्न सक्ने बाहेक सबै ओलीको राजनितीक दाश हुन ओलीको बिरुद्ध बोले प्राप्त सबै सेवा सुबिधा वा राजनितीक हैसियत बाट प्राप्त सबै पद च्युत हुन सक्छ भनेरै कोही बोल्न सक्ने अवस्थामा छैन बोल्नेहरुलाइ पनि क्रमस निषेध वा करबाही गरेकै छ । जस्ले जती भनुन दासत्व स्वैकारेको एमाले पार्टीका ति नेताहरु सँग न दुइ लाइन संघर्सको चर्चा हुन्छ न फरक मत लाई सम्मान गर्ने हुन्छ । ओली र तिनको भारदारले यो नोसेचे हुन्छ्की हिजोको जस्तै लोकप्रियता आज पनि ओलीमा छ भनेर त्यसको ठिक उल्टो गतिमा छ, यो आम एमालेजनलार्इ थाहा छ । खोरिया फाडेर गलेको ज्यानले यसो आरम गर्दा समेत फेसबुकमा ओली बा जिन्दाबाद भन्नेहरु संजालमा जुध्न आउनेहरु निकै कम छन् । युवा संघ र अखिलको निर्वाचनले थाहा हुन्छ तलदेखि माथी सम्म कती लादियका छन बिचराहरु खैर यो शिल्सिला रोकीने छाट छैन ।
हामी क्रन्तीकारी पर्टीको सदस्यहरुले हमेसा एउटा कुरा के बुझ्न जरुर छन भने जिबीत पार्टी भित्र वा अझ पार्टीलाइ जिबीत र चलायमान बनाउनलाई दुई लाइन अन्तर संघर्ष आवश्यकता छ नत्र हामीले एमालेको ओलीको बिरोध गर्नु वा बिद्या भण्डारीलार्इ किन रोकेको भनेर प्रश्न गर्ने तर्कसंगत हुँदैन छैन ।
एउटा जिबीत पार्टी भित्र टुटफुट र एकता हिजो पनी थियो र आज पनि छ ए वा बी खेमा हिजो नि थियो आज पनि छ, मोहन बिक्रमको लाइन छोडेर सुप्रिम प्रचण्ड स्वयम मोहन बैद्य (किरण) खेमामा आयर यो यात्रा तय गरेका हुन यस्मा हामी सँग चेत हुन जरुर छ दुई लाइन संघर्षले पार्टीलाई नोक्सानी पुग्दैन भनेर तर यसको आवश्यकता र औचित्य पुष्टि हुनपर्छ नत्र जग हसाउनकै लागी नेतृत्वको खिलाफमा बोल्न छुट छैन । जनयुध्दको समयमा मुलूकको ७५ प्रतिशत भूभाग जनमुक्ति सेनाको कब्जामा थियो सामन्तहरुले त्यतिकै घुँडा टेकेको हैन हो, त्यही समयमा पनि मओबादी पार्टी भित्र दुई लाइन संघर्ष थियो चाहे बाबुराम भट्टराईलाई कार्वाही होस् चाहे रामबहादुर थापाले चुनवाङ बैठकमा रुँदै गरेको आत्मा समिक्षा होस् त्यो सबै प्रक्टिकली रुपमा भएको दुई लाइन संघर्षको उपज थियो । त्यसपछि फेरी एकता र गतिशील भयकै हो कहिले काहि लिडरहरु प्रति विस्वास कम हुन सक्छ लिडरहरुको कार्य दिशामा खोट देखिन सक्छ त्यस्को राजनितीक तवरले आलोचना गर्नु वा फरक मत राख्नु के नराम्रो हो र ?
सबै भन्दा पहिले पार्टी भित्र सम्भवत लिखीत रुपमा जनार्दन शर्मा (प्रभाकर्र) ले फरक मत पेस गरेका थिए बिधान अधिबेशन लगत्तै २०८० फागुनमा बसेको स्थायी कमिटीको बैठकमा शर्माले लिखीत रुपमा पेश गरेको असहमती बारे भनेका छन ूस्थायी कमिटीमा कार्य विभाजन एजेन्डा बारे गृह कार्यको नाममा पटक-पटक बैठक सरेको र आज मिती २०८० फागुन १५ गते प्रस्ताबित असहमतीको बीच पारित गरिएको निर्णयहरु प्रति मेरो गम्भिर असहमतिका साथ आफ्नो मत राख्दछु । हो यही असहमतीको लाइनले प्रचण्ड भर्सेस प्रभकर लाइन स्पष्ट देखिएको हो । जस्ले जती कुरा घुमाय पनि सिधा-सिधा भन्ने र लेख्ने हो भने सतही रुपमा यो दुइ खेमा देखिएको छ तर मओबादीका नेताहरु अन्जान जस्ता कुरा गर्छ्न । जस्तै बिद्यार्थीहरुको अधिवेशनमा स्पष्ट रुपम प्रचण्ड भर्सेस प्रभाकर खेमा लडेकै हो र यस्मा बर्षामान खेमा पनि देखिएकै हो ।
प्रचण्ड र बर्षमान पुन खेमाको धेरै जसो मुख्यपदहरूमा हार बेहोर्नै परेको हो यस्को तितो साक्षीहरु अहिले पनि घाइते बाघ झै रन्थनिदै छ । म प्रचण्ड निकट ब्यक्ति हु भन्ने नथाक्ने पुराना वा नयाँ बिद्यार्थी नेताहरुको कार्य क्षमता देखेकै छौं हामीले । साता लामो लम्बियको वाईसिएलको को अधिवेशन तमासा देखेकै हो यस्को साक्षी हामी छदै छौ बिद्यार्थीकै हालत हुन्छ भनेर यो सबै भै रहेकै थियो । भर्खरै एउटा कार्यक्रममा भाषण गर्दै मनमोहन अधिकारी बाहेक सबै प्रधानमन्त्री भ्रष्ट हुन भनेर भाषण गरे यस्को मत्लब सिधा सिधा प्रचण्ड पनी भ्रष्टचारी नै हुन भन्ने अर्थ प्रभाकरले लगाए । भोली पल्ट प्रचण्डले जवाफ फर्काउदै थिय भने सन्जालमा गरम बहस र मिडियाहरुमा खेमाको आधारमा अन्तरबार्ता दिदै थिए यो दृश्य मैले मजाले अनुभव गरे ।
पार्टी रुपान्त्रणको लागी पुस्ता हस्तान्त।णको तर्क गर्ने प्रभाकरले सिधा भनेको यहि हो प्रचण्डले पार्टी नेतृत्व दोस्रो पुस्तालाई दिन पर्दैन भन्ने कुरानै हो, माओबादी पार्टीमा प्रभाकर स्वयम पहिलो पुस्ताको दोस्रो लाइनमा छन अब प्रचण्डले रुपान्त्रणको नाममा प्रभाकर वा अन्य पहिलो पुस्ताका दोस्रा लाइनमा रहेकालाई पार्टी जिम्मा लगायर सल्लाहाकर बन्नेकी स्वयम प्रभाकरले पनि पटक पटक माननीय र मन्त्री भै रहनेकी आफुले पनी पुस्ता हस्तान्त्रण गर्ने हो त्यो चाही उहाले सोच्ने बिषय हैन र ? हरेक पार्टी र संगठनमा पुस्ता हस्तान्त्रणको बहष पेचीलो बन्छ ।
पार्टीमा पटक-पटक माननीय र मन्त्री भै सकेकाहरुको त यो मनसाय छ भने संगै राजनीतिमा होमियका कैयन साथीहरु वडा सदस्यको समेत टिकट नपायर थन्किएको अवस्थामा तिन्को मनोभाव झन कस्तो होला त ? तपाइहरु त आफ्नै क्षत्रमा पनि भिजीटरको रुपमा पुग्नु हुन्छ हामी जस्तो पिंधको कार्यकर्तालाई सोध्नुस त तल्लो तहमा कति दर्दनाक अवस्था र पिडा छ । हामी जस्ता तेस्रो पुस्ताले हाम्रो जिवनकालमा सेवाको रुपमा राजनीतिमा छौ त्यो पनि निरन्तर पार्टी र नेताको बिना आलोचनामा । यसो फर्केर हेर्नुस त जनयुद्ध लेडेका जनमुक्ति सेनाहरु कतै होटलमा भाडा माझी रहेका छन, कतै लेबर काम गर्दै छन ,कती खाडीमा छन तपाईं हरुलेनै साम्राज्यवादी भनेर चित्रण गरेको मुलुक तिर हिडेर जाँदै छन, गोली लागेर घाइते भएका, युद्धमा मारिएका, परिवार सकिएकाहरुको पिडा छ, शाही नेपाली शेनाले वेपत्ता परेका सयौ कार्यकर्ताहरुको परिवार हेर्नुस यत्तिकै कुण्ठा बोकेर हुने वाल छैन नेतृत्व साराका, सारा कथा ,कथन कुण्ठा र मनोभावलाई संबोधन गर्न सक्ने लिडर बन्ने होलानी ।
माओवादी आन्दोलनमा जनयुद्ध, जनआन्दोलन, शान्तिप्रक्रिया, संबिधान निर्माण एवं कार्यन्वययन, पार्टी एकता एवं बिभाजन र जनयुद्धका नेतृत्व पंक्तिमा कमरेड प्रचण्ड सहित उहाँसंग ३६ बर्ष एउटै समितिमा निर्णय तहमा बसेका सबै नेताहरु (अहिले माओवादी केन्द्रमा हुन वा बाहिर) सबैको ब्यापक समिक्षा सहितको बैचारिक संस्लेषण पहिलो आवश्यकता छ यस्को लागी को कहिले तयार हुने हो ?
आजको बिश्व राजनीति र अर्थतन्त्रले नेपालमा पारेको प्रभाव, स्वयं नेपालको राजनीतिक प्रणालीमा भएको कमी, यसका कारणले आम युवा एवं जनसमुदायमा आईरहेको निराशा र बेरोजगारी समस्याको अध्ययन सहितको महाबहस र संष्लेषण आवश्यक छ यस्को लागि तपाइहरु कहिले पनि तयार देखिने ? हामीले पनि प्रश्न उठाउन सक्ने ठाउँ त छ नी तपाइहरु अक्षम बन्दै गयको हो ?
त्यस्तै खालको वैचारिक धरातलमा पार्टीको संगठननात्मक संरचना, जनवादी केन्द्रीयतामा विकाश र समग्र संस्कृतिमा रुपान्तरण सहितको कार्यशैलीयुक्त नेता कार्यकर्ता पंक्तिको विकासको प्रश्नलाई सैद्धनन्तिक समाधान दिनुपर्छ । हामीले यस्को सामन्य प्रयास समेत गरेका छैनौ आफु नेता भैसके पछि भैगोत भन्ने मानसिकताले जगडिएको नेता गणको मनसिकता कैले परिवर्तन हुने हो पार्टीलाइ बन्ध्याकरणको अवस्थामा पुर्याउने तपाईहरु होकी हामी जस्ता तेस्रो पुस्ताको अभाग्गी राजनितीक कार्यकर्ता हो ?
पटक-पटक उठने कुरा मध्य सबैको सम्पती छानबिन गराउ भन्ने गर्नु हुन्छ तपाइको मात्र हैन मेरो पनी गर्नुस म एउटा सामान्य व्यक्ति मोटर बाइक चढेर कसरी हिनी रहेको छु भनेर छनबिन गर्नुस अनी मेरो र म जस्ता कार्यकर्ताहरुको हैसियत देख्नु हुन्छ। ३-४ पटक माननिय २-३ पटक मन्त्री भैसकेको तपाईहरुको झन सबै स्रोत र साधन रोक्का गरेर छनबिन गर्नपर्ने हो अनि थाहा हुन्छको ओभानो छ, को रुझ्रको छ थाहा हुन्छ । सरकारमा बस्दा कुन प्रधानमन्त्री वा मन्त्रीले कस्तो काम गर्यो ? भ्रष्टाचार गर्यो कि जनमुखी कार्य गर्यो ? एक्लै हिरो बन्यो कि पार्टी को लाईनमा बसेर काम गर्यो ? संघर्षको प्रधान अन्तरबिरोध के हो ? बर्गसंघर्ष र अन्तरसंघर्ष भनेको के हो ? कस्तो हुनुपर्छ ? लगायतका सबै प्रश्नहरुको उत्तर प्राप्त हुन्छ ।
अहिलेको यो अवस्थामा आयर नेतृत्व परिवर्तन हैन दिशा परिमार्जनमा लग्नुस् हाम्रो अहिलेको संसदीय कार्यदिशा गलत छ कार्यनीति गलत छ तपाइहरुको प्रवृत्ती गलत छ । तपाइहरु सुध्रनुहोस् नत्र कार्यकर्ताले सुधार्ने छन् । यो अवस्थामा आयर पार्टी र पार्टी नेतृत्वलाई कम्जोर बनाउने प्रवृत्तीहरुलाई हामी स्वीकार गर्ने वालामा छैनौ । हामी हाम्रो स्थानबाट तपाइहरुलाई बलियो बनाउन तिर लाग्छौ तपाइहरु प्रचण्डलाइ बलियो बनाउन तिर लाग्नुस सबै खाले प्रति क्रान्तिकारी परास्त भयन भने फेरी हामी लड्नको लागी तयार छौ ।
(लेखकः केशब पुलामी मगर, नेकपा मओबादी (केन्द्र) नीकट, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय सचिव तथा बगमती प्रदेश इन्चार्ज हुन्)
