
पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बोनमा एक औपचारिक कार्यक्रमका बीच गैर आबासिय नेपाली सघ पोर्चुगलको नव निर्वाचितहरुहरुले सपथ लिएका छन् । निर्वाचन समितिका संयोजक गम्बिरजङ्ग गुरुङ्गले पद तथा गोपनिएताको सपथ ग्रहण गराएका हुन् ।
२०२५–२७ का लागि निर्वाचित भएर सपथ लिनेमा अध्यक्ष दीपा काफ्ले, उपाध्यक्षहरू प्रेमबहादुर बुढप्रीथी, गणेश गुरुङ, शिवराज राई, सुदन निउरे, नृपेश गिरि, विष्णुबहादुर घर्ती र सरस्वती खनाल तिमिल्सिना, महिला उपाध्यक्ष पेम डोल्मा शेर्पा, महासचिव गोविन्द बुढाथोकी र सचिवहरू सुरज भण्डारी, पुष्करराज जोशी र सुवास पौडेल छन् ।
त्यस्तै कोषाध्यक्षमा अशोक जोशी, सह–कोषाध्यक्षमा प्रभा अधिकारी, महिला संयोजकमा खगिसरा न्यौपाने, युवा संयोजकमा पेम्बा शेर्पा र लेखा संयोजकमा सुरेश गिरी, सदस्यहरूमा ज्ञानेन्द्र आचार्य, सुनिल कुमार तिमिल्सिना, भवानी शंकर कँडेल, हरि देवकोटा, दीपक भण्डारी, कविता गेलाल, दिनेश पौडेल, विनोद केसी, सुवास आचार्य र नरिश न्यौपाने छन् । त्यसैगरी, आइसिसी सदस्यहरूमा राजकुमार गुरुङ, विनोद बुढाथोकी र सरिता शर्मा छन् ।
नव निर्वाचित कमिटीमा ६ पदाधिकारी सहित ७ जना (आईसीसी सदस्यमा सरिता शर्मा चितवन, उपाध्यक्षमा नृपेश गिरी धनुषा, महासचिवमा धादिङका गोविन्द बुढाथोकी, सचिवमा सुवास पौडेल लमजुङ, सह–कोषाध्यक्षमा प्रभा अधिकारी गुल्मी, लेखा संयोजकमा सुरेश गिरी सिन्धुपाल्चोक र सदस्यमा विनोद केसी काभ्रे) नेपाली जनप्रगतिशील मञ्च नीकटका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
