एड्भान्सका युनिकले भारतको पंजावमा जिते दुई स्वर्ण

Avatar photo
Dhadingpost
साउन १२, २०८२

धादिङ । भारतको पंजाव राज्य अन्तर्गत कपुरथलामा सम्पन्न १९ औं राष्ट्रिय कराते च्याम्पियनसिप–२०२५ मा धादिङस्थित एड्भान्स एकेडेमीका कक्षा ७ मा अध्ययनरत युनिक तामाङले दुई स्वर्ण पदक जित्न सफल भएका छन् ।

जुलाई २६ र २७ मा भारतको धर्मसभा, कपुरथलामा सम्पन्न प्रतियोगितामा युनिकले ३० केजी तौलसमूह अन्तर्गत कुमुते र काटा दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् ।

उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै युनिक तामाङसँगै उनका प्रशिक्षक शक्ति तामाङ पनि सहभागी थिए । प्रतियोगिता भारतको कराते महासंघ (Karate Federation of India) द्वारा आयोजित राष्ट्रियस्तरको प्रमुख प्रतिस्पर्धा हो, जसमा भारतका विभिन्न राज्यहरूका साथै अन्य देशका खेलाडीहरूको समेत उल्लेख्य सहभागिता रहेको एड्भान्स एकेडेमीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

x