एनआरएनए जापानमा महासचिव सहित तीन जना धादिङका विजयी

Avatar photo
Dhadingpost
साउन ११, २०८२

धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको सन् २०२५–०२७ को नयाँ कार्यसमिति चयनका लागि १२ औं महाधिवेशन आज (जुलाई २७) मा नयाँ कार्य समिति चयन गर्दै सकिएको छ ।

अनलाईन भोटिङ मार्फत भएको निर्वाचनमा दुई पदाधिकारी सहित पाँच जना धादिङका उम्मेद्वार थिए । जस मध्य महासचिव सहित दुई जना धादिङका विजयी भएका छन् ।

महासचिवमा धादिङ नीलकण्ठका श्यामकुमार श्रेष्ठ (श्याम सितल) ६,३८४ मतका साथ विजयी भएका छन् । उनको प्रतिद्वन्दी विश्वास गौतम (खगराज) ले ५,९५९ मत ल्याएका थिए । श्याम सितल गत निर्वाचनमा महासचिवको प्रत्यासी थिए । आईसीसी सदस्यमा गंगाजमुना निवासी राजकुमार अधिकारी र महिला सदस्यमा इश्वरी अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै धुनीबेसीका दिनेश लोहनी सचिव पदमा चुनाव लडेका थिए उनले ३,०५२ मत ल्याए भने सदस्यमा नीलकण्ठका मंगल बहादुर सुनारले २,५६० मत ल्याएका थिए ।