एमाले निकट प्रवासी नेपाली मञ्च इजरायलमा धादिङबाट चार जना चयन

Avatar photo
Dhadingpost
साउन १०, २०८२

राजन दुवाडी
इजरायल ।
नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी, इजरायलको तेस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिमा धादिङका चार जना चयन भएका छन् ।

२९ सदस्यीय नव गठित कार्य समितिको सह-सचिव सहित चार जना धादिङका परेका हुन् ।

धादिङबाट नव गठित कार्य समितिको सह सचिवमा बेनिघाट रोराङकी सेविका आले, सदस्यहरुमा सिद्धलेकका शिव आले र गोकर्ण त्रिपाठी, त्रिपुरासुन्दरीका राजेश रिजाल चयन भएका हुन् ।