एनआरएनए कतारमा धादिङका दुई जना निर्वाचित

Avatar photo
Dhadingpost
साउन १०, २०८२

धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको एघारौँ एकता महाधिवेशनबाट २०२५-२७ का लागि कोषाध्यक्ष सहित दुई जना धादिङका निर्वाचित भएका छन् ।

बेनिघाट रोराङ ५, बेनिघाट बजार घर भई कतारमा होटल ब्यवसाय गर्दै आएका कविन्द्र कडेल कोषाध्यक्षमा र नीलकण्ठ नगरपालिका २ घर भई कतारमा रहेका अशोक आले मगर लेखा समिति सदस्यमा पदमा निर्विरोध निर्वाचित भएका हुन् ।