
हेटाैंडा । बागमती प्रदेशमा काँग्रेसबाट नियुक्त भएका धादिङका मदुकुमार श्रेष्ठ सहत चार मन्त्रीले राजीनामा दिएका छन् ।
राजिनामा दिनेमा सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदु कुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन रहेका छन् ।
उनीहरुले मुख्यमन्त्री बहादुरसिं लामालाई राजीनामा पत्र ह्वाट्सएपमा पठाएकाे बताएका छन् ।
कांग्रेसले मुख्यमन्त्री फेर्ने प्रयास स्वरुप मन्त्रीहरुलाई राजीनामा गराएको खुलेको छ । कांग्रेसले लामाको स्थानमा इन्द्र बानियालाई नयाँ मुख्यमन्त्री बनाउन चाहेको छ । बानिया बागमती कांग्रेसका प्रदेश सभापति पनि हुन् ।
