पानी नपरेपछि मधेश विपत् संकटग्रस्त क्षेत्र घोषणा

Avatar photo
Dhadingpost
साउन ८, २०८२

काठमाडौं । सरकारले चरम खडेरी देखापरेपछि बुधबार मधेशका आठ जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

संकटग्रस्त क्षेत्र घोषणा सँगै प्रधानमन्त्री केपी ओलीले तराई–मधेशमा खानेपानी र सिँचाइको अभाव हुन नदिने गरी काम गरिने प्रतिबद्धता जनाएका छन् ।

पानी नपर्दा चापाकलसमेत सुकेपछि मधेशका जिल्लामा खानेपानीको चरम अभाव छ । मधेश प्रदेश सरकार, पालिका र सुरक्षाकर्मीले दमकल, ट्यांकरबाट खानेपानी बाँडिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई मधेशका आठ जिल्लामा औसत वर्षाको ५१ प्रतिशत मात्र पानी परेको छ । अर्थात् ४९ प्रतिशत खडेरीको अवस्था छ । मधेशका १२ स्टेसनमध्ये कुनै पनि ठाउँमा पर्याप्त पानी परेको रेकर्ड छैन ।