
धादिङ । बेनीघाट रोराङ गाउँपालिका–१, जोगीमारा निवासी तिल कुमार राईको कतारमा हृदयघातका कारण निधन भएको छ ।
कतारस्थित Transport and Garage Saad Hilal कम्पनीमा चालकको रुपमा कार्यरत ४१ वार्षिय राईको असार २९ गते (१३ जुलाई २०२५) को दिन निधन भएको हो ।
धादिङ समाज कतारले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।
