
काठमाडौं । डेंगु र कोरोना संक्रमितको संख्या साउन लागे सँगै बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) शाखाले जनाएको छ ।
एक सातामा मात्रै १५७ जनालाई डेंगु संक्रमण भएको छ भने २१ जनामा कोरोना पजिटिभ देखिएको छ । महाशाखा शाखाले जनाएको छ ।
सबैभन्दा बढी संक्रमण काठमाडौंमा २२४ जनामा देखिएको छ । प्रदेशअनुसार संक्रमणदर हेर्दा कोशीमा ४०२, मधेशमा ३८, बागमतीमा ४८१, गण्डकीमा ६१२, लुम्बिनीमा ३६७, कर्णालीमा ४२ र सुदूरपश्चिममा २७१ लाई डेंगु भएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले लामखुट्टे नियन्त्रणमा सरकार र नागरिक समाज सधैँ चुक्दै आएको बताउँदै यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए ।

