
धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको सन् २०२५–०२७ को नयाँ कार्यसमिति चयनका लागि १२ औं महाधिवेशन जुलाई २७ मा हुँदैछ ।
धादिङ गंगा जमुना गाउँपालिका घर भई जापानको नागोया शहरमा रेस्टुरेन्ट ब्यबसाय गर्दै आएका राजकुमार अधिकारी आईसीसी सदस्यमा अधिबेशनको दिन अगावै निर्विरोध निर्वाचित भएका छन् । उनी गत अधिबेशनमा अध्यक्षका प्रत्यासी थिए ।
यस्तै महिला सदस्य पदमा नीलकण्ठ १० की इश्वरी अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । महिला सदस्य पदमा अर्को उम्मेद्वारी नपरेपछि उनी निर्विरोध भएकी हुन् ।
निर्वाचन तालिका अनुसार सहमती हुन नसकेको पदमा जुलाई २७ मा निर्वाचन हुने छ उक्त निर्वाचनमा धादिङका नीलकण्ठका श्यामकुमार श्रेष्ठ (श्याम सितल) महासचिवमा, धुनीबेसीका दिनेश लोहनी सचिवमा र नीलकण्ठ कै मंगल बहादुर सुनार (मंगल धावक) सदस्यमा उम्मेद्वार छन् ।
