पूर्व जनमुक्ति सेना हेमाको उपचारका लागि जम्कट्टेलद्वारा १ लाख सहयोग

Avatar photo
Dhadingpost
साउन ५, २०८२

धादिङ । धादिङको नीलकण्ठ १४ धुँवाकोट निवासी पूर्व जनमुक्ति सेनाको कम्पनी सहकमाण्डर हेमा हेमा श्रेष्ठ घिमिरे जनयुद्धमा लागेको गोलीका कारण हिडडुल गर्न नसक्ने अवस्थामा छिन् ।

हेमाको परिवार सँग भएको पैसा सकिएको र अझै ७ लाख भन्दा बढी उपचारमा खर्च हुने जानकारी पाएपछि माओवादी केन्द्र धादिङका नेता तथा कार्यकर्ताहरुले आन्तरिक रुपमा सहयोग संकलन गरिरहेका छन् ।

कस्ले कति सहयोग गरे बाहिर जानकारीमा नआएपनि बागमती प्रदेश सरकारका पूर्व मन्त्री शालिकराम जम्कट्लले उनको उपचारका लागि १ लाख र अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष एवम् बागमती प्रदेशका पूर्व सांसद जगत सिंखडाले ५० हजार सहयोग गरेका छन् ।

जनयुद्धका क्रममा सुरक्षाकर्मीको गोली कम्मरमा लागेर घाईते हेमा शारीरिक असक्तताको कारण सेना समायोजनको क्रममा अवकाश लिएर घर आएकी थिईन् । पहिला उपचारको क्रममा पलास्टिक सर्जरी पिठ्युँको गेडीको डेट एक्सपाएर भएर विगत १ वर्ष देखि हिडडुल गर्न नसक्ने अवस्थामा छिन् ।