
धादिङ । नेपाली कांग्रेस धादिङका पूर्वजिल्ला सभापति स्व. भरतप्रसाद उप्रेतीको १३औं दिनको पुण्यतिथिमाआयोजना गरिने शोकसभामा नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउने भएका छन् ।
नेपाली कांग्रेस, जिल्ला कार्यसमिति धादिङले आयोजना गर्ने उक्त शोक सभा साउन ८ गते, बिहीबार दिउँसो १:०० बजे धुनिबेसी नगरपालिका, वडा नं. ७, नौबिसेबजार, नौबिसेचोकमा हुने धादिङका कार्यवाहक सभापति गेहेन्द्रबहादुर मल्लले बताए ।
नेपाली कांग्रेस धादिङले एक विज्ञप्ती जारी गर्दै शोकसभामा उपस्थितिका लागि नेपाली कांग्रेसका धादिङका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभचिन्तकहरुलाई सादर आमन्त्रणा गरेको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी, आदर्शवान, निष्ठावान, त्यागी नेता नेपाली कांग्रेस धादिङका धरोहरका रुपमा परिचित भरत प्रसाद उप्रेतीको २०८२ साल असार २८ गते ९७ बर्षको उमेरमा स्वर्गारोहण भएको थियो ।

